दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पुनः घट्यो

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १६ : ३३
दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पुनः घट्यो

काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको पाइएको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना सङ्क्रमित भएका छन् ।

योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ ।यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेका थिए । अघिल्लो हप्ता औषतमा एक लाख तीन हजार ४११ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पाइएको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २७ बढी हो ।
पछिल्लो एक दिनमा दक्षिण कोरियामा कोरोना कारण २९ जनाको मृत्यु भएको छ ।

योसँगै अहिलेसम्म दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार २९२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस