पुटिन र जेलेन्स्की भेट्नुको आधार नरहेको रुसको भनाइ

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १६ : २८
पुटिन र जेलेन्स्की भेट्नुको आधार नरहेको रुसको भनाइ

काठमाडौं ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्नुको कुनै आधार नरहेको रुस सरकारले जनाएको छ । युक्रेनी प्रतिनिधिमण्डल रेडार बाहिर गएकाले यस्तो भेटको आधार नदेखिएको पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए । 

टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले रुस र युक्रेनबीचको शान्तिवार्ताको मध्यस्थता गर्ने प्रस्ताव राखेको विषयमा पत्रकारहरूले पेस्कोभलाई प्रश्न सोधेका थिए । त्यसको उत्तर दिँदै पेस्कोभले दुवै पक्षका सम्झौताकारले पर्याप्त गृहकार्य गरेपछि मात्र पुटिन र जेलेन्स्कीबीच भेट हुन सक्ने बताए । 

मस्को र किएभबीचको वार्ता महिनौंदेखि रोकिएको छ । वार्तामा प्रगति नभएको विषयमा दुवै पक्षले एकअर्कामाथि आरोप प्रत्यारोप गरेका छन् । 

प्रतिक्रिया दिनुहोस