काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्नुपर्ने बताएका छन् ।
जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले सोमबार प्रिफेक्चरल सरकार जापान, कृषि सहयोग डिभिजन अन्तर्गतको कुरुस अर्किड लिमिटेडको अवलोकन भ्रमणका क्रममा सो कुरा बताएका हुन् । जुन भ्रमणको लागि उनले नेपाल देखी नै इच्छा जाहेर गरेका थिए ।
‘हाम्रो पुरानो मित्रलाई थाहा छ, नेपाल कृषि प्रधान मुलुक हो। हामी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उधोगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहन्छौं,’ प्रचण्डले भने, ‘त्यसको लागि जापानको आधुनिक प्रविधिको अनुसरण गर्न हामीले चाहेका छौं। तपाईंहरुको प्रविधि हामी सिक्न चाहन्छौं।’
उनले नेपालमा पनि उक्त प्रविधि पुर्याउनका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदी र नेपाली प्रतिनिधिका अगुवाहरुलाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ साउन २०७९, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड