काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२७ अंकले बढेको छ । घटेर कारोबार सुरू भएपनि १ बजेदेखि बढ्न थालेको नेप्से दोहोरो अंकले बढेर बन्द भएको हो ।
सेयर बजार ०.४९ प्रतिशतले बढेपछि नेप्से परिसूचक २१ सय २३ अंकमा पुगेको छ । यसक्रममा आज ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच भइ २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँको किनबेच भएको छ । नेप्से १० अंकले बढ्दा आज जीवन बीमा समूहबाहेक सबै समूह बढेका छन् । यो समूहमा भने आज ४.५५ अंकको गिरावट आएको छ ।
आज होटल र टुरिजम समूहमा ६० अंकको वृद्धि आएको छ । यस्तै, विकास बैंक समूह ५२ अंकले बढ्दा व्यापार समूह ३८ अंकले बढेको छ । यसैगरी, वित्त समूह ३३ अंकले बढ्दा जलविद्युत २६ अंकले बढेको छ भने लघुवित्त समूहमा २७ अंक बढेको छ । यस्तै, अन्य समूह २२ अंक बढेको छ ।
आज नेप्से १० अंकले बढ्दा तीन वटा कम्पनीको सेयर मूल्यमा भारी वृद्धि भएको छ । जसमध्ये एउटा कम्पनीमा १० प्रतिशतको र २ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको हो ।
यस्तै, ९ प्रतिशतभन्दा बढीले बढेको तेह्रथुम पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँ बढेर ५३३ रुपैयाँ पुगेको छ । यसका साथै, ९ प्रतिशतले नै बढेको उपकार लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ बढ्दै ३ हजार ७६४ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ साउन २०७९, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
लगातार चौथो दिन घट्यो सेयर बजार
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक