गत साता ओरालो लागेको सेयर बजार यो साता बढ्ला ?

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, ११ : ४२
गत साता ओरालो लागेको सेयर बजार यो साता बढ्ला ?

काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २७ अंक घटेर बन्द भयो । अघिल्लो साता २१४०.३९ विन्दुमा बन्द भएको नेप्से गत साता २६.८४ अंक घटेर २११३.५५ विन्दुमा बन्द भएको हो । साताको ६ कारोबार दिनमध्ये चार कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको थियो ।

गत साता पहिलो दुई कारोबार दिन नेप्से उकालो लागेको थियो भने बाँकी चार दिन ओरालो लागेको थियो । गत साता नेप्सेको पाँच दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ । यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी बढेको र सो दिन बजारमा बिक्री चाप बढेको संकेत गर्दछ ।

नेप्से ओरालो लागे पनि गत साता भोल्यूम भने बढेको छ । गत साता नेप्सेमा दैनिक औसतमा तीन अर्ब ८३ करोडको सेयर कारोबार भएको छ । यससँगै नेप्सेको २० दिने औसत भोल्यूम दुई खर्ब ८७ करोड रुपैयाँ पुगेको छ । 

१३ उपसमूहमध्ये गत साता ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी सात उपसमूहको परिसूचक घटेको छ । गत साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.७२ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.६९ प्रतिशत घटेको छ ।

नेप्सेजस्तै यस उपसमूहको पाँच दिने इएमए पनि २० दिने इएमएभन्दा माथि छ । साताको अन्तिम कारोबार दिन यस उपसमूहले बियरिस मैनबत्ती बनाएको छ । जसले सो दिन बजारमा बिक्रीकर्ताहरूको चाप बढेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस