एजेन्सी । पश्चिम बंगालका पूर्वगभर्नर जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। शनिबार भएको मतदानमा उनले ५२८ मत प्राप्त गरे। विपक्षी उम्मेदवार मार्गरेटले १८२ मत प्राप्त गरिन्।
१६ औँ उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए। पन्ध्र मत अमान्य र ७१० मत मान्य भएको उनले जानकारी दिए।
नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो। बंगालको पूर्वगभर्नरसमेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो।
यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ साउन २०७९, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भगवान श्रीरामको आदर्शलाई आत्मसात् गर्नुपर्छ : उपराष्ट्रपति यादव
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना
कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकता : उपराष्ट्रपति यादव
आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव
अमेरिकी उपराष्ट्रपति वान्सको सम्बोधनपछि किन छायो सन्नाटा ?
सार्क महासचिवलाई उपराष्ट्रपतिले भने : सार्क सम्मेलन छिट्टै होस्