काठमाडौं । जनता समाजवादी पार्टीबाट निस्कासित नेता डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी क्षेत्रीय संकीर्ण दलको रूपमा पतन भएको बताएका छन ।
पुनर्गठित नेपाल समाजवादी पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्र्दै डा भट्टराईले जनता समाजवादी पार्टी क्षेत्रीय संकीर्ण दलको रूपमा पतन भएको बताए । क्षेत्रीय दलले देशको वैकल्पिक धारको नेतृत्व गरेर जान नसक्ने उनले बताए ।
जनता समाजवादी पार्टीलाई समाजवादी विचारसहितको वैकल्पिक शक्तिको रूप रूपान्तरणको प्रयास गरे पनि नेतृत्वले पुरानै शैली नत्यागेकाले पनि आफूहरू नयाँ विकल्प रोज्न बाध्य भएको उनको भनाइ छ ।
विज्ञानको आविस्कार थुप्रै चिजहरूबाट गुज्रेर मात्र भएजसरी आफूहरूले थुप्रै परीक्षणहरूबाट गुज्रिएर नेपाल समाजवादी पार्टी पुनर्गठन भएको उनले बताए
नेपाल समाजवादी पार्टीको पहिलो केन्द्रीय समितिले वैधानिकताको प्रक्रियालाई पूरा गर्ने भन्दै उनले आफूहरूसँग भएको वैकल्पिक विचार र नयाँ प्रणालीले देशलाई वैकल्पिक बाटो देखाउने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ साउन २०७९, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव