सोल । दक्षिण कोरियामा पछिल्ला केही दिनदेखि लगातार दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख १० हजार ६६६ जना नयाँ सङ्क्रमित भएका हुन् ।
दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड तीन लाख ८३ हजार ६२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या भने अघिल्लो दिनको तुलनामा थोरै घटेको छ । अघिल्लो दिन एक लाख १२ हजार ९०१ जना नयाँ सङ्क्रमित भएका थिए ।
एक हप्ता अगाडि भने एक दिनमा ८१ हजार ९८१ जना सङ्क्रमित थपिएका थिए । अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या अहिलेसम्म २५ हजार २३६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ साउन २०७९, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी
दक्षिण कोरियामा एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने