न्यान्सी पलोसीलाई चीन आउन स्थायी प्रतिबन्ध

एजेन्सी

शुक्रबार, २० साउन २०७९, १५ : ४६
न्यान्सी पलोसीलाई चीन आउन स्थायी प्रतिबन्ध

काठमाडौं । चीन सरकारले अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीलाई चीन आउन स्थायी प्रतिबन्धको घोषणा शुक्रवार गरेको छ । पलोसीका साथै उनको परिवारका सबै सदस्यलाई यस्तो प्रतिबन्ध लगाइएको छ । उनीहरूले चीनमा कुनै पनि किसिमको व्यापार समेत गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको हो ।

चीनको चेतावनीलाई अवज्ञा गर्दै पलोसीले ताइवानको भ्रमण गरेपछि चीनले उनीमाथि यस्तो प्रतिबन्ध लगाएको हो । 

प्रतिक्रिया दिनुहोस