काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ ।
यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिध सभा निर्वाचन भएको थियो । उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको थियो । संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि नयाँ संविधानअनुसार २०७४ मंसिरमा एकसाथ प्रदेश र प्रतिनिधि सभा निर्वाचन भएको थियो ।
त्यसपछि आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न लागिएको हो । जुन प्रधानमन्त्री देउवाकै नेतृत्वमा हुने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार