काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । ३८.६१ अंकले घटेको बजार २१४८.१६ बिन्दुमा झरेर रोकिएको हो ।
बिहीबार कुल २१५ कम्पनीको ५६ हजार ८१९ वटा कारोबारबाट ८५ लाख ६९ हजार ५ कित्ता बराबरको कारोबार भएको छ । यस दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसमूह राताम्य रह्यो । सबैभन्दा धेरै व्यापार, होटल तथा पर्यटन र वित्त उपसमूहका लगानीकर्ताले गुमाए ।
बिहीबार वलेफी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढ्यो । सामलिङ पावर, रिभर फल्स, विन्ध्यवासिनी, घलेम्दी हाइड्रोलगायतको मूल्य बढेको छ । यस दिन युनाइटेड आईडीआई मार्दीको मूल्य सबैभन्दा धेरै ९.५२ प्रतिशतले घट्यो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे