एजेन्सी । अमेरिकाले सोमबार रसीयासँग लडिरहेका युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध गराउने हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश छ ।
५५० मिलियन डलरको नयाँ प्याकेजमा एचाईएमएआरएस भनेर चिनिने उच्च गतिशीलता भएको उन्नत रकेट प्रणालीका लागि थप गोला बारुद समावेश छ छ । त्यस्तै, तोपखानाका लागि गोला बारुद सहयोग पनि प्याकेजमा उल्लेख गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जानकारीलाई दिए ।
सहयोगमा १५५ एमएम आर्टिलरी गोलाबारुदका ७५ हजार राउन्डहरू पनि समावेश छन् । २४ फेब्रुअरीमा रुसले हमला गरेपछि अमेरिकाले किभलाई बारम्बार हतियार सहयोग प्रदान गर्दै आएको छ ।
यसैबीच, रुसी सेनाको कब्जामा रहेको खेर्सनलाई पुनः कब्जा गर्न युक्रेनी सेनाले विभिन्न रणनीति अपनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ साउन २०७९, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य