एजेन्सी । अमेरिकाले सोमबार रसीयासँग लडिरहेका युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध गराउने हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश छ ।
५५० मिलियन डलरको नयाँ प्याकेजमा एचाईएमएआरएस भनेर चिनिने उच्च गतिशीलता भएको उन्नत रकेट प्रणालीका लागि थप गोला बारुद समावेश छ छ । त्यस्तै, तोपखानाका लागि गोला बारुद सहयोग पनि प्याकेजमा उल्लेख गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जानकारीलाई दिए ।
सहयोगमा १५५ एमएम आर्टिलरी गोलाबारुदका ७५ हजार राउन्डहरू पनि समावेश छन् । २४ फेब्रुअरीमा रुसले हमला गरेपछि अमेरिकाले किभलाई बारम्बार हतियार सहयोग प्रदान गर्दै आएको छ ।
यसैबीच, रुसी सेनाको कब्जामा रहेको खेर्सनलाई पुनः कब्जा गर्न युक्रेनी सेनाले विभिन्न रणनीति अपनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ साउन २०७९, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
अमेरिकाद्वरा भेनेजुएलाको अर्को तेल ट्यांकर जफत
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध