काठमाडौं । भारतको दक्षिणी राज्य केरलामा मंकीपक्स संक्रमणबाट पहिलो पटक एक युवकको मृत्यु भएको छ । हालै संयुक्त अरब इमिरेट्सबाट यात्रा गरेका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो । उनको मृत्युपछि परीक्षण गरिएको नमूनामा भाइरस भेटिएको केरलका स्वास्थ्यमन्त्री वीणा जर्जले जानकारी दिइन।
ती व्यक्तिका सम्पर्कमा आएका बीस जनालाई ‘उच्च जोखिम’ को रूपमा वर्गीकृत गरिएको छ भने चिकित्सकको निगरानीमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केरलामा भाइरस संक्रमणबाट मानिसको मृत्यु भएपछि राज्य सरकारले उनका मेडिकल रिपोर्ट चेकजाँच गर्न उच्चस्तरीय समिति गठन गरेको जनाइएको छ ।
विश्वका विभिन्न देशमा मंकीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले गत महिना मङकीपक्स भारइरसको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १६ साउन २०७९, १७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’