काठमाडौं । भारतको दक्षिणी राज्य केरलामा मंकीपक्स संक्रमणबाट पहिलो पटक एक युवकको मृत्यु भएको छ । हालै संयुक्त अरब इमिरेट्सबाट यात्रा गरेका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो । उनको मृत्युपछि परीक्षण गरिएको नमूनामा भाइरस भेटिएको केरलका स्वास्थ्यमन्त्री वीणा जर्जले जानकारी दिइन।
ती व्यक्तिका सम्पर्कमा आएका बीस जनालाई ‘उच्च जोखिम’ को रूपमा वर्गीकृत गरिएको छ भने चिकित्सकको निगरानीमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केरलामा भाइरस संक्रमणबाट मानिसको मृत्यु भएपछि राज्य सरकारले उनका मेडिकल रिपोर्ट चेकजाँच गर्न उच्चस्तरीय समिति गठन गरेको जनाइएको छ ।
विश्वका विभिन्न देशमा मंकीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले गत महिना मङकीपक्स भारइरसको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १६ साउन २०७९, १७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा