काठमाडौंका धराप फुटपाथमा जोखिमपूर्ण पैदल यात्रा [फोटो फिचर]

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, ११ : २६
काठमाडौंका धराप फुटपाथमा जोखिमपूर्ण पैदल यात्रा [फोटो फिचर]

काठमाडौं  ।  काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझै पनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानथाप हुन्छ । 

दृष्टि भएकाहरूलाई त प्रयोग गर्न कठिन हुने सडक पेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मनन योग्य विषय हो । समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटीहरु सुरक्षित भई ढुक्कसँग हिँड्न योग्य छैनन् । देशको संघीय राजधानी सहर काठमाडौंमा चिल्ला सडक, सफा  अनि ह्विल चियर र दृष्टिविहीनहरूका लागि आरामले हिँड्न मिल्ने सुविधा सम्पन्न फुटपाथ हुनुपर्ने हो । 

तर संघीय राजधानीको अवस्था त्यस्तो छैन । यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध छन् । खाल्डाखुल्डी,फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन् । धेरै ठाउँमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ । सडकमा भएका फुटपाथ पनि साँघुरा छन् । तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसा समेत राखिएको देख्न सकिन्छ । यी साँघुरा सडकमा रुख रोपेपछि त झनै हिँड्नै मुस्किल भएको छ । 

 

प्रतिक्रिया दिनुहोस