काठमाडौँ । एमाले उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसद्मा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग ज्ञवालीले सत्ता पक्षका सांसद समितिले करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन अनुसन्धान गर्ने सबै टुलर्स प्रयोग गर्न सहमति नभएको बताए।
ज्ञवालीले छानबिनका लागि अर्थ मन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करको दर हेरफेर गर्न बस्ने कर्मचारीको नामसमेत उपलब्ध नगराएको बताए। उनले वास्तविक प्रमाण जुटाएर यथार्थ प्रतिवेदन ल्याउने योजना भए पनि सत्तापक्षका सांसद एकमत नहुँदा वास्तविक प्रतिवेदन आउन नसकेको बताए। सदस्य ज्ञवालीले सत्तापक्षका सांसद पार्टीको आग्रहमा सत्यतथ्य प्रमाण संकलन गर्ने टुलर्स प्रयोग गर्ने विषयमा एकमत नभएको बताए।
उनले अर्थ मन्त्रालयजस्तो स्थानमा सिसिटिभी फुटेज सुरक्षित नहुनुमा प्रशासनिक र राजनीतिक नेतृत्व नै चुकेको दाबी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ साउन २०७९, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली
'कांग्रेस विशेष महाधिवेशनमा भदौ २४ को विध्वंशप्रति रहस्यमय मौनता देखियो' : प्रदीप ज्ञवाली
कांग्रेसको आन्तरिक विवादप्रति एमाले नेता प्रदीप ज्ञवालीले किन देखाए चासो ?
'एकताको प्रयासमा रहेकाहरूको विचार मिलेको हो कि स्वार्थ भन्ने संशय' : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवालीको छुट्टै भेलाप्रति असन्तुष्टि, पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति आश्चर्य
प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी