काठमाडौँ । आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी छ ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापा केहीबेरमा चितवन पुग्ने जनाइएको छ भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेका छन् ।
यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असार २०८३, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन उद्घाटन : रवि-बालेनसँगै अतिथिले पनि बजाए घण्टी
रास्वपा महाधिवेशनमा सुरु भयो उद्घाटन सत्र
यी हुन् रास्वपा महाधिवेशन प्रतिनिधिहरू (नामावली)
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन: चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा