मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु

एजेन्सी

बुधबार, ११ साउन २०७९, ११ : ५२
मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु

एजेन्सी । मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार सात सय ५९ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५९ हजार सात सय १० पुगेको छ भने ३५ हजार नौ सय ३२ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, न्युजिल्याण्डमा आज आठ हजार सात सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै त्यहाँ १५ लाख ७७ हजार चार सय १४ जनामा कोभिडबाट प्रभावित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सन् २०२० मा कोभिड–१९ महामारी शुरु भएयता एक हजार चार सय २७ जनाको मृत्यु भइसकेको छ ।