एजेन्सी । एक बन्दुकधारीले क्यानडाको भ्यानकुभर नजिकै शृंखलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य दुई जनालाई घाइते भएका छन् । प्रहरीको जबाफी कारबाहीमा आक्रणकारी मारिएका छन्।
‘एक मात्र बन्दुकधारीले चार जनालाई गोली हानेका थिए’ लाङ्लीका प्रहरी प्रमुख गालिब भयानीले पत्रकार सम्मेलनमा भने पीडितमध्ये दुई जनाको मृत्यु भएको उनले बताए।
त्यस्तै, बन्दुक हमलामा गोली लागेकी महिलाको अवस्था गम्भीर रहेको र चौथो व्यक्तिको खुट्टामा गोली लागेको उनले बताए। अधिकारीहरूले अझै पनि पीडित र संदिग्धहरूको पहिचान गर्न र तिनीहरूबीचको सम्भावित सम्बन्धबारे अध्ययन गरिरहेको उनले बताए।
छिमेकी अमेरिकामा सामूहिक गोलीकाण्डको लहर पछि प्रधानमन्त्री जस्टिन ट्रुडोले हाते बन्दुकको स्वामित्वमा कडाइको तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० साउन २०७९, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु
सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते
अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, १२ घाइते
बालकोटमा गोली चल्यो, २ जना घाइते
सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार