काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नका लागि खुकुलो बनाउन नल्याइएको बताएका छन्। सोमबार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले संविधान अनुकूल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशंका नगर्न सांसदहरूलाई आग्रह गरे। गृहमन्त्री खाँणले नागरिकता ऐनपनि आवश्यकताअनुसार परिष्कृत हुँदै भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि संशोधित ऐन ल्याइएको बताए।
उनले भने, ‘संविधान अनुकुल नै विधेयक ल्याइएको छ। नागरिकता ऐन पनि आवश्यकताअनुसार परिष्कृत हुँदै जाने नै छ। नागरिकता विधेयकले नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन खाजेको होइन। नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि दिन खोजेको हो। त्यसको समुचित कानुनी प्रबन्ध गर्न खोजेको हो। अरू कसैको परामर्श, सरसल्लाह कुनै कारणले विधेयक आएको होइन। गैरआवासीय नेपालीलाई संविधानले नै सांस्कृतिक आर्थिक, अधिकार प्रदान गर्नेगरी प्रमाणपत्र दिने संविधानको प्रावधान छ। अहिलेको दुनियाँको परिवर्तित माहोलमा संसारको विभिन्न कुनामा बसेका छन्, उनीहरूलाई पनि एकत्रित गरेर उनीहरूले लगानी नेपालमा गर्ने वातावरणका लागि दिन लागिएको हो।’
मन्त्री खाँणले करिव ६ लाख भन्दा धेरै नागरिकले नागरिकता नलिएका कारण विभिन्न सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव