चितवनमा खाद्य बस्तुमा अत्याधिक मात्रामा रासायनिक बिषादीको प्रयोग बढ्दै

' माटोनै खेती गर्न नमिल्ने भयावह अवस्थामा'

प्रकाश सिग्देल

सोमबार, ०९ साउन २०७९, १३ : १७
चितवनमा खाद्य बस्तुमा अत्याधिक मात्रामा  रासायनिक बिषादीको प्रयोग बढ्दै

चितवन । प्रांगारिक खेती प्रवर्द्नका लागि स्थानीय तथा संघीय सरकारले बनेका नीति तथा कार्यक्रम व्यवहारमा कार्यान्वयन नगर्दा खाद्य बस्तुमा अत्याधिक मात्रामा रासायीनिक बिषादीको प्रयोग बढेको छ ।

अन्न उत्पादनको भण्डार मानिएको चितवनमा रासायनिक मल र बिषादीको अधिक्तम प्रयोगले यहाँको माटोनै खेती गर्न नमिल्ने भयावह अवस्थामा पुगिसेको छ । चितवनमा दिनाहुँ बिषादी प्रयोगको अवस्था भयाबह बनेको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।

बिषादी प्रयोग गर्ने किसानको संख्या बढेसंगै चितवनमा बिषादी बिक्रि गर्ने व्यवसायीहरुको संख्या समेत दैनिक बढ्दै जान थालेको छ । नयाँ आर्थीक वर्ष ७९ मा मात्रै ३६ जनाले बिषादी बिक्री ईजाजत पत्र लिएका छन् भने ३० जनाले निबेदन दिईसकेका छन् । यो संगै चितवनमा बिषादी बिक्री गर्नेको संख्या ३८६ पुगेको छ । ‘विषादी बिक्रीका लागि इजाजत चाहियो भनेर कार्यालय आउने क्रम पनि उत्तिकै बढेको कृषि ज्ञान केन्द्र चितवनका प्राबिधिक सुरेश सिम्खंडाले बताए ।

विषादी बिक्रीका लागि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले ६ दिन तालिम दिने गरेको छ ।  तालिमको परीक्षामा उत्तीर्ण हुनेले इजाजत पाउने व्यवस्था छ । बिषादी बिक्रेताले कस्तो बिषादी बेचेको छ त्यो प्रतिबन्धित हो या बिक्रीका लागी अनुमती प्राप्त बिषादी हो त्यसको अनुगमन र निरिक्षण कसैले गरेको देखिदैन् । किसानले समस्या लिएर आएपछि बिक्रेताले दिएको बिषादी लगेर किसानले  साबधानी बिनानै किसानले बालिमा छर्ने गरेका छन् । जसले क्यान्सर जन्य रोगको जोखिम समेत उत्तिकै छ ।  

तरकारी र फलफूलमा विषादीको मात्रा जाँच गर्न नारायणगढमा विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला रहेको छ तर त्यसले प्रभावकारी काम गरेको देखिदैन् । भारतबाट आयात भएको तरकारी र फलफूलको परीक्षण नारायणढमा हुँदैन । ‘विषादीको प्रयोग बढ्दै जाँदा प्रयोगकर्ता कृषकदेखि उपभोक्तासम्म सबैको स्वास्थ्यमा असर गरेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेले कार्यालयले प्रांगारिक खेती पनि प्रोत्साहन गर्दै आएको दाबी गर्छन ्। प्रांगारिक मल उत्पादन र अर्गानिक खेतीका लागि पनि अनुदानको व्यवस्था रहेको उनले बताए । ‘किसानले ५० प्रतिशत लगानी गर्न नसक्दा अनुदानका लागि आएका धेरै बजेट फ्रिज हुने उनी बताउँछन् । चितवनको कुल भूभागको हाल २१ दशमलव २ प्रतिशत जमिन खेतीयोग्य छ । 

प्रतिक्रिया दिनुहोस