काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थितिबारे आइतबार काठमाडौमा भएको बहस कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
‘परराष्ट्र र सुरक्षा नीति दुवैमा राष्ट्रिय सहमति आवश्यक छ’ अध्यक्ष नेपालको भनाइ छ । उनले अहिले अमेरिका र चीनले हतियारको होडबाजी गरेको भन्दै त्यसले नेपाललाई पनि चिन्ता बढेको बताए । उनले हतियारको होडबाजी र युद्धले कुनैपनि समस्याको समाधान हुन नसक्ने पनि बताए । उनले युरोपमा नाटो र अमेरिकाले आइपीएस भनेर ल्याएको बताए ।
‘इन्डो प्यासिफिक स्टाटेजीमा अमेरिकाले तीनवटा देशलाई शत्रुको घोषणा गरेको छ, रुस, चीन र उत्तर कोरियालाई’, नेपालले भने, ‘ इण्डो प्यासिफिक भित्र अमेरिका, जापान, अष्ट्रेलिया र भारत रहेका छन् ।’
उनले कुनै पनि किसिमको अतिवादमा नेपाल फस्न नुहनेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार