जापान । जापानको फुमियो किसिदा सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी नगराउने भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि जापानले पुटिनलाई प्रतिबन्ध लगाएको छ । तसर्थ, पुटिनले आबेको अन्तिम संस्कारमा भाग लिने निर्णय गरे पनि उनलाई अनुमति नदिइने जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।
हत्यापछि आबेको पारिवारिक अन्त्येष्टि सम्पन्न भइसकेका छ । तर, सरकारले सेप्टेम्बर २७ मा सार्वजनिक र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा औपचारिक राजकीय अन्त्येष्टि आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रम मध्य टोकियोको निप्पोन बुडोकानमा हुने अनुमान छ । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले विश्वभरका सबै ठूला राजनीतिक नेताहरूलाई निमन्त्रणा दिने अपेक्षा गरिएको छ।
रुस–युक्रेन युद्धपछि जापान युक्रेनको पक्षमा उभिएको छ । अहिलेसम्म टोकियोले मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाएको छ भने युक्रेनलाई सैन्य हतियार उपलब्ध गराएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ साउन २०७९, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेब्रुअरी १ सम्म किभमा आक्रमण नगर्न पुटिन सहमत
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा
युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन
शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी
पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने
रुसको आर्थिक वृद्धिको गति सुस्त हुँदै गयो : पुटिन