काठमाडौं उपत्यकामा एकैदिन २२ सय ८२ जना सवारी चालकमाथि कारवाही

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, ११ : २४
काठमाडौं उपत्यकामा एकैदिन २२ सय ८२ जना सवारी चालकमाथि कारवाही

काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २८२ जना सवारी चालकलाई कारवाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ जना, लेन अनुशासन पालना नगर्ने ६२ जना, रेड लाइटमा सवारी साधन चलाउने ८५ जना रहेका छन् । 

यस्तै, नम्बर प्लेट नदेखिने गरी राख्ने ३८ जनालाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारवाहीमा पर्ने २ हजार ९ जना सवारी चालक रहेका छन् । 

प्रतिक्रिया दिनुहोस