पोखरा । बागलुङमा लागू पर्दा सेवन गरेर सवारी चलाउनेहरू भेटिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको लापसे जाँच अभियान अन्तर्गत ६५ जनामा चेकजाँच गर्दा १४ जनालाई कारबाही गरिएको छ । चालकले लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटना बढी हुन थालेको गुनासोपछि यो अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख वरिष्ठ सई मीनबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार, बागलुङ नगरपालिकाको मालढुंगा, काठेखोलाको अक्षते, गलकोट नगरपालिकाको हटिया र बडिगाडको ग्वालीचौर बजार क्षेत्रमा ६५ जनामा लागुऔषध किट प्रयोग गरेर चेकजाँच गर्दा १४ जना चालकमा पोजेटिभ भेटिएको हो ।
लागुपदार्थ सेवन गरेको पाइएपछि एक इभी भ्यान, स्कारपियो, चार ट्याक्टर, चार पिकअप भ्यान, दुई मोटरसाइकल, अटो र टिपर चालकलाई नियन्त्रणमा लिएर लागुपदार्थ ऐनअन्तर्गत कार्वाही गरी छाडिएको उनले सुनाए । जिल्लाभर चालु वर्षको ९ महिनामा १५ वटा दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० बैशाख २०८३, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी चालक अनुमति पत्र छपाइमा तीव्रता