सर्लाही । सर्लाहीमा आफ्नै श्रीमतीको हत्या गरि खाल्डोमा पुरेको आरोपमा प्रहरीले श्रीमानसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा गाउँपालिका १ बस्ने बालदत भनिने रमजेशकुमार यादव, उनका बुवा रामप्रताप र भाइ राजु छन् ।
यी तीनै जनाले मिलेर रमजेशकी २० वर्षकी श्रीमती निशाको हत्या गरि घरदेखि ४ किलोमिटर पूर्व आफ्नै जग्गामा शव गाडेको पाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिए ।
२२ जेठमा निशा हराएको भन्दै खोजिदिन उनका बुवा कैलाश राय र २४ गते उनका ससुरा रामप्रतापले प्रहरीमा निवेदन दिएका थिए । निवेदन आएपछि अनुसन्धान सुरु गरेको प्रहरीले निशाका श्रीमान, ससुरा र देबरसँग सोधपुछ गर्दा उनीहरूले हत्या गरि खेतमा गाडेको बयान दिएका डीएसपी यादवले बताए ।
उनीहरूको बयानका आधारमा ६ साउनमा खेत पुगेर उत्खनन गर्दा सडेको अवस्थामा शव, साडी, जुटको बोरा र पराल फेला परेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ