बैैंकहरूको कर्जा प्रवाह लक्ष्य भन्दा ३ प्रतिशत कम

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १६ : २९
बैैंकहरूको कर्जा प्रवाह लक्ष्य भन्दा ३ प्रतिशत कम

काठमाडौँ  । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले लक्ष्यभन्दा ३ प्रतिशत कम कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमार्फत १९ प्रतिशतको कर्जा प्रवाहको सीमा दिएको भए पनि १६ प्रतिशत मात्रै भएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । 

शुक्रवार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै अधिकारीले यो वर्ष गत वर्षको लक्ष्य भन्दा कम कर्जा प्रवाह भएको बताए । गत आवमा ९८ खर्ब तरलता प्रवाह भएको पनि उनको भनाइ थियो ।
 

प्रतिक्रिया दिनुहोस