काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दाबी गरेका छन् । सोही विषयमा छानबिन गर्न बनेको संसदीय समितिलाई बिहीवार बिहान बयान दिँदै उनले अनधिकृत व्यक्ति संलग्न नरहेको बताएका हुन् ।
संसदीय छानबिन विशेष समितिको बैठकमा उनको बयान जारी छ । आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
सोही दिन सरकारले बजेट प्रकरणबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले विभिन्न व्यक्तिहरूसँग सोधपुछ गर्ने क्रममा निवर्तमान अर्थमन्त्री शर्मासँग बिहीवार सोधपुछ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ साउन २०७९, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने