काठमाडाैँ । तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बेलायतमा बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ ।युरोपेली देशमा मङ्गलबारको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि रहेको जनाइएको छ । यद्यपि केही बेर वर्षा भएपछि भने गर्मीबाट केही राहत मिलेको बताइएको छ ।
यसबाहेक गर्मीका कारण लण्डनका ४१ वटा सम्पदा आगलागीबाट ध्वस्त पारेका मेयर सादिक खानले बताएका छन् । बेलायतमा मात्र नभइ युरापेली देश फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसमा पनि प्रचण्ड गर्मी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १७ : ३३
लेखकबाट थप