दक्षिण कोरियामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट सङ्क्रमित

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, १३ : ११
दक्षिण कोरियामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट सङ्क्रमित

काठमाडाैँ । दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट सङ्क्रमित भएका छन्।यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७३ हजार पाँचसय ८२ सङ्क्रमित फेला परेका थिए ।गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ । सङ्क्रमणबाट मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ७७ले यो महारोगबाट ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस