काठमाडौंमा ब्लक बनाउने उद्योगमा एक जना श्रमिक मृत फेला

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, ११ : ५१
काठमाडौंमा ब्लक बनाउने उद्योगमा एक जना श्रमिक मृत फेला

काठमाडौं । काठमाडौंको ब्लक बनाउने उद्योगमा एक जना श्रमिक मृत फेला परेका छन्।

काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ बसुन्डोलस्थित पुमरी इम्पेक्स प्रालिको ब्लक बनाउने उद्योगभित्र मंगलबार सोलुखुम्बुको चौरीखर्कका ४५ वर्षीय बिजित शेर्पा मृत फेला परेका हुन्। उनी सोही कारखानामा काम गर्दै आएका थिए। 

हाल उनी काठमाडौं महानगरपालिका १५ भगवान पाउमा बस्दै आए थिए । 

प्रतिक्रिया दिनुहोस