टोखा-खहरे सुरुङमार्गलाई बजेटमा समावेश नगरेको भन्दै सांसदहरूले सरकारसँग प्रश्न

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, ११ : ४७
टोखा-खहरे सुरुङमार्गलाई बजेटमा समावेश नगरेको भन्दै सांसदहरूले सरकारसँग प्रश्न

काठमाडाैँ । टोखा-खहरे सुरुङमार्गलाई बजेटमा समावेश नगरेको भन्दै सांसदहरूले सरकारसँग प्रश्न गरेका छन्।

नेकपा एमालेका सांसद नारयणप्रसाद खतिवडाले सो सुरुङमार्गलाई किन बजेटवाट हटाएको हो? सो बारे जवाफ दिनका लागि सरकारसँग माग गरेका छन्।‘केपी ओली सरकारले प्राथमिकताका साथ समावेश गरेको टोखा-खहरे सुरुङ मार्गलाई यस पटकको बजेटमा समावेश गरिएको छैन,’ खतिवडाले प्रतिनिधिसभा बैठकमा भने, ‘के सरकार विकास विरोधी भएको हो? यसको जवाफ सरकारले दिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस