धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा घुससहित पक्राउ परेका छन्।
जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्। बुढा बिउबिजन सामाग्रीको रकम भुक्तानी बापत ३० हजार कमिसन रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
कैलालीको घोडाघोडी नगरपालिका– १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामग्रीको रकम भुक्तानीबापत घुस मागेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, २० : ३५
लेखकबाट थप