काठमाडौं । सेयर बजार परिसूचक नेप्सेले झिनो सुधारसहित आर्थिक वर्ष २०७९/८० को शुरुवात गरेको छ । साताको पहिलो कारोबारका दिन समेत रहेको साउन १ गते नेप्से सूचक १.९३ अंकले बढ्दै २ हजार ११ दशमलव ३९ अंकमा उक्लिएको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.०२ अंकले बढ्दै ३८५.९३ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । १.९३ अंकले बढेको बजारमा आज १ अर्ब २३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन बैंकिङ, ट्रेडिङ म्यानु एण्ड प्रो, जीवन बीमा र इन्भेष्टमेन्ट समूहको उपसूचक बाहेक ९ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको सूचक १.१२ प्रतिशतले घटेको छ भने इन्भेष्टमेन्ट समूहको उपसूचक ०.९१ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार