काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरपालिकाले थालेको कुहिने र नकुहिने फोहोर छुट्टाउने अभियानलाई सघाउन सबैसँग आग्रह गरेका छन् ।
उनले घरबाटै फोहरको स्रोतलाई वर्गीकरण गरी छुट्टाउन गरेको आग्रहले फोहोर व्यस्थापनमा अहम् भूमिका खेल्ने विश्वास लिएको बताएका छन् ।सामाजिक सञ्जालमा एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले अभियानलाई सफल पारी काठमाडौँलाई फोहरमुक्त काठमाडौँ बनाउन आग्रह गरेका हुन् ।
काठमाडौँ महानगरमा आजदेखि फोहोर बर्गीकरण गरेर मात्र संकलन गरिने बताएको छ । अबदेखि आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा
धनगढी पुगे गगन
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’