काठमाडौँ । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आइतबार स्वदेश फर्किँदै छन् । तीनदिने भारत भ्रमणका लागि दिल्ली पुगेका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर आजै स्वदेश फर्किँन लागेका हुन्।
भारतीय सत्तारूढ पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए। उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। त्यस्तै, भारतस्थित आफ्नो पार्टीका नेता कार्यकर्तासँग पनि भेट गरेका थिए।
प्रचण्डले उपचारका लागि केही दिनअघि भारत पुगेकी प्रधानमन्त्रीपत्नि आरजू राणा देउवासँग पनि भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’