आजदेखि कर्मचारीको तलब बढ्यो, कसको कति ?

सफल खबर संवाददाता

आइतबार, ०१ साउन २०७९, ०८ : २२
आजदेखि कर्मचारीको तलब बढ्यो, कसको कति ?

काठमाडौं । आइतबारदेखि आर्थिक वर्ष २०७९–०८० को बजेट कार्यान्वयनमा गएको छ । यससँगै सरकारले कर्मचारीको १५ प्रतिशतले वृद्धि गरेको तलब पनि कार्यान्वयनमा गएको छ । यससँगै साउन महिनाको तलब अघिल्लो तलबभन्दा १५ प्रतिशतले बढेर आउनेछ । 

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै १५ प्रतिशत तलब वृद्धिको घोषणा गरेका थिए ।  जसअनुसार मुख्य सचिवको ग्रेडबाहेकको तलब १० हजार ७१ रुपैयाँले बढेर ७७ हजार २११ पुगेको छ ।

सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७ सय ८७, उपसचिवको ४८ हजार ७ सय ३७, अधिकृतको ४३ हजार ६८९, नासुको ३४ हजार ७३० र खरदारको ३२ हजार ९ सय २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस