किन खनिए सभापति देउवामाथि महामन्त्रीद्धय ?

पत्रपत्रिकाबाट

आइतबार, ०१ साउन २०७९, ०७ : ४६
किन खनिए सभापति देउवामाथि महामन्त्रीद्धय ?

काठमाडौं । केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा पदाधिकारीहरूले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै प्रतिक्रिया दिए। त्यसको जवाफमा देउवाले आफूलाई धेरै नखेद्न र फोन गरेको बेला फोन उठाउन आह्वान गरेका थिए। 

देउवाले आफ्नो आलोचना मात्रै नगर्न द्वय महामन्त्रीहरूलाई आग्रह गरेका छन्। बैठकमा महामन्त्री गगन थापाले किसान संघ र जनजाति संघ गठन गर्दा विज्ञप्तिमार्फत थाहा पाएको भनेपछि देउवाले बैठकमा बोलेको कुरा उध्रित गर्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले भने, ‘तरुण दल र नेविसंघ गठन गर्दा सबैलाई सोधपुछ गरेकै हो। तपाईंहरूको पनि भनेको बेला काम परेको बेला फोन उठ्नुपर्यो नि। फोन उठाउने गर्नोस्।’

सभापति देउवाले विगत स्मरण गराउँदै बैठकमा भने, ‘मलाई कुनै बेला पार्टीले साधारण सदस्यबाटै हटाएको थियो। अहिले सजिलो अवस्था छ। म सहज छु। पार्टी बलियो बनाउने अभियानमा छु। अब पार्टी चलाउने तपाईंहरूले हो।’ ‘शेखरजीलगायतका साथीहरूलाई पनि सँगै लिएर जाने हो। उहाँहरूको गुट भेला पनि होटल पार्टी प्यालेसलगायतका स्थानभन्दा पार्टी कार्यालयमै गर्नुहोस् भन्ने हो मेरो कुरा।’

सभापति देउवाले अहिलेको समयमा गठबन्धन आवश्यक रहेको भन्दै, ‘माधवजीलगायतका साथीहरू मलाई प्रधानमन्त्री बनाउन एमाले छोडेर आउनुभयो। प्रचण्डलाई गिरिजाबाबुले शान्ति प्रक्रियादेखि नै साथ लिएर हिँड्नुभयो। अहिलेनै उहाँहरूको साथ छोडेर हिड्ने बेला भएको छैन। यति बुझ्नुस् गठबन्धन अहिलेको अवस्थामा समयको माग हो।’ 

महामन्त्री द्वयले खोजे आफ्नो गल्ति
कांग्रेसका महामन्त्री गगन थापाले शनिबारको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति देउवाले विधानबमोजिमका काममा समेत आपूmहरूसँग सल्लाह नगरी काम गर्ने गरेको भन्दै चर्को आलोचना गरेका छन्। देउवाले अझै बेवास्ता गर्दै गए नजरअन्दाज गरेर बस्ने नसक्ने भन्दै, ‘महाधिवेशनले तपाईं सभापतिमा निर्वाचित भए जस्तै हामी पनि त्यही महाधिवेशनबाट निर्वाचित भएका हौं। पार्टीका गतिविधिमा बेवास्ता गर्दै जाने हो भने हामी पनि निर्वाचित महामन्त्री हौं चुप लागेर बस्दैनौं।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस