चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिवर्तन प्राप्तिमा स्व चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । आज बगालेको निवास भरतपुर महानगरपालिका-४ त्रिचोकमा आयोजित श्रद्धाञ्जली सभामा उनले हरेक आन्दोलनमा उनले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
काँग्रेसले पार्टीमा योगदान दिने र त्याग गर्नेहरूलाई सधैँ सम्मान गर्ने सभापति देउवाले बताए । अग्रजहरूको सपना पूरा गर्नका लागि पार्टी नेतृत्व सधैँ तयार रहेको भन्दै उनले पार्टीले पुराना नेताको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
विसं १९८६ पुस १५ गते लमजुङको साविक सूर्यपाल गाउँविकास समिति नं ८ मा जन्मेका बगालेको विसं २०८२ साउन १० गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०८२, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याएको छ’: सभापति देउवा
शिक्षकको जायज माग पूरा गरौं : देउवा
चाडपर्वले सामाजिक सद्भाव बढाएका छन् : सभापति देउवा
सभापति देउवा र अध्यक्ष लिङ्देनबिच भेटवार्ता
प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन
इप्पान प्रतिनिधिले भेटे काँग्रेस सभापति देउवा