नेपालमा उपचार नपाएर कसैको पनि ज्यान जाने अवस्था आउन नदिने दावी –स्वास्थ्यमन्त्री खापुङ

सफल खबर संवाददाता

शनिबार, ३२ असार २०७९, १६ : ५८
नेपालमा उपचार नपाएर कसैको पनि ज्यान जाने अवस्था आउन नदिने दावी –स्वास्थ्यमन्त्री खापुङ

काठमाडाैँ । स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले नेपालमा उपचार नपाएर कसैको पनि ज्यान जाने अवस्था आउन नदिने दावी गरेका छन् ।

शनिबार काठमाडौंमा सिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले आयोजना गरेको कार्यक्रममा मन्त्री खापुङले नेपालमा स्वास्थ्यक्षेत्रको पूर्वाधारमा बिकास हुदै गएको भन्दै उपचार नपाएर ज्यान जाने अवस्था आउन नदिने बताएका हुन् । उनले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सवै प्रकारको तयारीमा सरकार जुटेको बताए ।

भारतमा समेत कोरोना संक्रमितको संख्या बढ्दा नेपालको नाकामा होल्डिङ सेन्टर र कोरोना परिक्षणलाई प्रभावकारी बनाइने उनले बताए । उनले यसअघि कोरोना महामारीमा औषधी, अस्पताल र अक्सिजन भएको भएपनि अव त्यस्तो नहुने धारणा राखे । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस