काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रलाई आइतबार बिहान सेवालाई सुचारु गर्न भनेको छ।
आईओएमले यसअघि आफ्नो ५० औँ वार्षिकोत्सवको अवसरमा आइतबार (भोलि) तीनवटै अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरी विभागीय प्रमुख र फ्याकल्टीहरुलाई कार्यक्रममा सहभागी हुन शुक्रबार पत्राचार गरेको थियो।उक्त निर्णयको चर्को आलोचना भएपछि आईओएमले शुक्रबार तीन वटै अस्पताललाई अर्को पत्र पठाउँदै बिहानीको सत्र (हाफ डे)सम्म सेवालाई निरन्तरता दिन निर्देशन दिएको हो।
‘५० औँ वर्ष पुगेको अवसरमा आयोजित सप्ताह व्यापी कार्यक्रमको आइतबार मुख्य दिन भएका कारण राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिका रुपमा बोलाइएको छ। जसका कारण आईओएमले आकस्मिक बाहेकका सेवा बन्द गरेर विभागीय प्रमुख र फ्याकल्टीहरुलाई सहभागी हुन भनेको थियो।यसअघि पठाएको पत्रमा डीन प्रा. डा. शाह आफैले हस्ताक्षर गरेपनि सच्याइएको पत्रमा प्रशासन प्रमुख बिर्खबहादुर तामाङले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, १६ : ४८
लेखकबाट थप