युवतीमाथि सामूहिक बलात्कार

सफल खबर संवाददाता

शनिबार, ३२ असार २०७९, १५ : ५६
युवतीमाथि सामूहिक बलात्कार

काठमाडाैँ । कञ्चनपुरमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक प्रहरी जवान सहित चारजना पक्राउ परेका छन्।पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-९ का २४ वर्षका सुशील विष्ट, १९ वर्षका लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्री, २२ वर्षका प्रेमप्रसाद जैसी रहेको उनका अनुसार जैसी सशस्त्र प्रहरीका जवान हुन्। 

उनीहरूले असार २३ गते राति पुनर्वास नगरपालिका-८ की युवतीमाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट ती युवती र आरोप लागेका सुशील विष्टबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। प्रहरीको नियन्त्रणमा रहेका विष्टले युवतीसँगको आफ्नो प्रेम सम्बन्ध स्वीकार गरेको एसपी चौधरीले बताए।

सुशीलले भागेर विवाह गर्ने भन्दै युवतीलाई मोटरसाइकलमा लगेर गएको प्रहरीले जनाएको छ। सोही क्रममा उनीहरूलाई देखेर अन्य तीनजनाले पिछा गरेका थिए। युवतीलाई चारैजनाले बलात्कार गरेको प्रहरीले जनाएको छ।पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको एसपी चौधरीले बताए।

प्रतिक्रिया दिनुहोस