काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग नयाँ दिल्लीमा त्यहाँ रहेका प्रवासी नेपालीहरुसँग भेट गरेका छन्।
शुक्रबार अपाह्रन दिल्ली उत्रेका प्रचण्डले शनिबार बिहान त्यहाँस्थित नेपाली प्रतिनिधिलाई भेटेको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए। उक्त भेटमा प्रवासी नेपालीका प्रतिनिधिले अखिल भारत नेपाली एकता मञ्चलाई भारत सरकारले लगाएको पोटा कानुन खारेज गर्नुपर्ने माग राखेका थिए।
त्यस्तै, प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था गर्नु पर्ने र नेपाल सरकारले विभेदपूर्ण व्यवहार गर्न नहुने माग राखेको मल्लले बताएका छन्।जवाफमा प्रचण्डले नेपाली क्रान्तिमा प्रवासी नेपालीको भूमिका उच्च रहेकोले उनीहरूको मागलाई गम्भीरतापूर्वक लिने बताएका थिए। त्यस्तै, प्रचण्डले पोटा कानुन लगायतका विषयमा भारत सरकारसँग कुरा गर्ने बताएको मल्लले जानकारी दिए।
पोटा कानुन अटल बिहारी वाजपेयी सरकारले ल्याएको आतंकबाद विरूद्वको कडा कानुन हो। ३ दिने भ्रमणका लागि दिल्ली पुगेका प्रचण्डको उच्च नेतृत्वसंग भेट गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’