काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग नयाँ दिल्लीमा त्यहाँ रहेका प्रवासी नेपालीहरुसँग भेट गरेका छन्।
शुक्रबार अपाह्रन दिल्ली उत्रेका प्रचण्डले शनिबार बिहान त्यहाँस्थित नेपाली प्रतिनिधिलाई भेटेको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए। उक्त भेटमा प्रवासी नेपालीका प्रतिनिधिले अखिल भारत नेपाली एकता मञ्चलाई भारत सरकारले लगाएको पोटा कानुन खारेज गर्नुपर्ने माग राखेका थिए।
त्यस्तै, प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था गर्नु पर्ने र नेपाल सरकारले विभेदपूर्ण व्यवहार गर्न नहुने माग राखेको मल्लले बताएका छन्।जवाफमा प्रचण्डले नेपाली क्रान्तिमा प्रवासी नेपालीको भूमिका उच्च रहेकोले उनीहरूको मागलाई गम्भीरतापूर्वक लिने बताएका थिए। त्यस्तै, प्रचण्डले पोटा कानुन लगायतका विषयमा भारत सरकारसँग कुरा गर्ने बताएको मल्लले जानकारी दिए।
पोटा कानुन अटल बिहारी वाजपेयी सरकारले ल्याएको आतंकबाद विरूद्वको कडा कानुन हो। ३ दिने भ्रमणका लागि दिल्ली पुगेका प्रचण्डको उच्च नेतृत्वसंग भेट गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग