काठमाडौं । शुक्रबारदेखि भारत भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार राजनीतिक भेटघाटमा व्यस्त रहने भएका छन् ।
शनिबार प्रचण्डले दिल्लीमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश मन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै विदेश सचिव विनय मोहन क्वात्रासँग पनि उनको भेटवार्ता हुने छ । त्यस्तै शनिबार नै प्रचण्ड फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारत सम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।
भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाटको कार्यक्रम पनि रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’