काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईले पार्टी फुटाउने षड्यन्त्र गरेकोले कारबाही गरिएको बताएका छन् । संघीय परिषद अध्यक्ष रहेका भट्टराईसहित ९ जनालाई जसपाले बिहीबार कारबाही गरेको थियो ।
वीरगञ्जमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टी हितभन्दा विपरीत काम गरेको पाइएकोले भट्टराई लगायतलाई कारबाही गरिएको बताए। ‘उहाँले पार्टी विभाजन गर्ने गरी जुन षड्यन्त्र गर्नुभयो त्यो पार्टी हितविपरीत थियो। त्यसैले उहाँलाई पद र जिम्मेवारीबाट मुक्त गरिएको हो,’ उनले भने।
भट्टराई सच्चिएर आए पार्टीमा राख्ने पनि उनले बताएका थिए। भट्टराईलाई साधारण सदस्यबाट पनि हटाइएको हो भन्ने पत्रकारको प्रश्नमा यादवले भने, ‘सच्चिएर आउनुभयो भने बेग्लै कुरा तर अब उहाँ अर्को पार्टी खोल्नेतिर लाग्नुभएको छ। एकै मानिसलाई धेरै पार्टीमा सदस्य बनाउने कुरा त भएन !’
उनले पार्टी नेता रेणु यादवले पार्टी नछाडेको बताए। ‘उहाँको क्षणिक आक्रोश हो,’ उनले भने। रेणुले बिहीबार आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने बताएकी थिइन्। अध्यक्ष यादवले पार्टीमा समस्या अध्यक्षका कारणले नआएको पनि दाबी गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको संघीय संरचना भत्काउनुपर्छ: उपेन्द्र यादव
स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव
‘पहिचानमा आधारित संघीयता समावेशी र सशक्त राष्ट्र निर्माणको आधार हो’: उपेन्द्र यादव
उपेन्द्र यादव र मलेसियन राजदूतबिच नेपाली श्रमिकको समस्याबारे छलफल
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव