काठमाडौं । १३ सांसद भएको लोकतान्त्रिक समाजवादीले उपसभामुखको निर्वाचनमा कसलाई मत दिने भन्नेबारे टुंगो लगाउन आज बैठक बस्ने भएको छ ।
लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने केन्द्रीय कार्यकारिणी बैठकले टुंगो लगाउने छ ।
प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । लोसपामा पनि गठबन्धनका उम्मेदवारलाई साथ दिनुपर्ने मत बलियो रहेको बताइन्छ ।
प्रतिनिधि सभामा आज उपसभामुख चयनका लागि मतदान हुँदैछ । उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
उपसभामुख हटाउने प्रस्तावबाट किन पछि हट्यो कांग्रेस ?
उपसभामुखलाई हटाउने प्रयासमा शेखर पक्षले जनायो असन्तुष्टि
उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं: एकीकृत समाजवादी
उपसभामुखलाई हटाउन एमाले र कांग्रेस सांसदहरूको हस्ताक्षर सुरु
उपसभामुख राना चीन भ्रमण सकेर स्वदेश फिर्ता