काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा ५९ अंकमाथिको सुधार आएको छ । अघिल्लो दिन ११ अंकले बढेको बजारमा आज थप ५९.५४ अंकले बढ्ने नेप्से सूचक १९८६.८२ अंकमा पुगेको हो । यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १२.४२ अंकले बढ्दै ३८१.३७ अंकमा उक्लिएको छ ।
उसो त झण्डै ६० अंकले बढेको बजारमा आज २ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ६.९६ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूह ६.२५ प्रतिशतले, ट्रेडिङ ५.३९ प्रतिशतले, अन्य उपसूचक ४.७२ प्रतिशतले, हाइड्रोपावर समूह ४.७१ प्रतिशतले र म्युचुअल फन्ड समूहको उपसूचक ४.१८ प्रतिशतले बढेको छ ।
यसैगरी इन्भेष्टमेन्ट समूहको उपसूचक ३.८७ प्रतिशतले, होटल तथा पर्यटन ३.७९ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक ३.३१ प्रतिशतले, म्यानु एण्ड प्रो २.८६ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असार २०७९, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से ५.१७ अंकले बढ्यो
नेप्सेको सीईओका लागि ५ जनालाई अन्तर्वार्तामा बोलाइयो
नेप्सेको सीईओका लागि आवेदन खुला
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो