नेप्सेमा सकारात्मक सर्किट

सफल खबर संवाददाता

सोमबार, २५ फागुन २०८२, ११ : २०
नेप्सेमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सकारात्मक सर्किट लागेको छ । निर्वाचन पछि खुलेको नेप्सेमा कारोबारको सुरुवातमै सकारात्मक सर्किट लागेको हो ।

कारोबार शुरु भएको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढेको छ । यस अवधिमा नेप्से १०८.६० अंकले बढेर २ हजार ८२१ दशमलव १० विन्दुमा पुगेको छ भने करिब १९ करोडको कारोबार भएको छ ।

कारोबार २० मिनेटका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस