काठमाडौं । विश्वका धनाढ्य एलन मस्कविरुद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले कानूनी लडाई सुरु गरेको छ ।
ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मुद्दा दायर गरेको हो । गत शुक्रबार मस्कले ट्वीटरले नक्कली र स्प्याम खाताहरूको संख्या बारे जानकारी नदिएको भन्दै अलग्गीने घोषणा गरेपछि उनीविरुद्ध मुद्दा दायर भएको हो । साथै मस्कलाई ५४ दशमलव २० डलरको हिसाबले प्रतिशेयर सम्झौता पूरा गर्न आदेश दिन माग गरेको छ ।
व्यक्तिगत स्वार्थ पूरा गर्न नसकेका कारण मस्कले सम्झौताबाट पछि हटेको भन्दै सम्झौताको नियम उल्लघंन गरेको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्वीटर कम्पनीका अध्यक्ष ब्रेट टेलरले आफ्नो दायित्वप्रति मस्क जिम्मेवार हुनुपर्ने बताएका छन् ।
ट्वीटर सम्झौता भएपछि टेस्ला कम्पनीको शेयरका साथै शेयर बजारमा गिरावट आएको रिटमा आरोप लगाइएको छ । मस्कको सम्पत्ति २०२१ को नोभेम्बरमा १ सय बिलियन डलरको गिरावट आएका कारण यो सम्झौताबाट उनीपछि हट्न खोजेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असार २०७९, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयर धनीहरूद्वारा रेकर्ड तलब योजना पारित
नयाँ पार्टी खोल्ने एलन मस्कको घोषणा
ट्रम्पसँगको खटपटपछि एलन मस्कले गरे नयाँ राजनीतिक दल गठनको घोषणा
एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स
एक्सले काम नगरेपछि यसो भन्छन् मस्क
म ट्रम्पको प्राविधिक सहयोगी मात्रै हुँ : मस्क