रथी इश्वर हमाल शान्ति सैनिक मिशन प्रमुखको जिम्मेवारी पूरा गरी स्वदेश फिर्ता

सफल खबर संवाददाता

मंगलबार, २८ असार २०७९, १३ : १४
रथी इश्वर हमाल शान्ति सैनिक मिशन प्रमुखको जिम्मेवारी पूरा गरी स्वदेश फिर्ता

काठमाडाैँ । नेपाली सेनाका रथी इश्वर हमाल शान्ति सैनिक मिशन प्रमुखको जिम्मेवारी पूरा गरी स्वदेश फिर्ता भएका छन्।

द्वन्द ग्रस्त मुलुक शिरीयामा तैनाथ मिशनको प्रमुख तथा फोर्स कमान्डको दुई वर्षीय कार्यकाल पूरा रथी हमाल स्वदेश फर्किएका हुन्।दुई वर्षे कार्यकालको अन्त्यतिर नै हमालले नेपाली सेनाबाट अवकांश प्राप्त गरेका छन्।

शान्ति सैनिक मिशन प्रमुखको जिम्म पूरा गरी स्वदेश फर्कदा उनलाई नेपाली सेनाको शान्ति शैनिक सञ्चालन निर्देशनालयका निर्देशक सहायक रथि सन्तोष बल्लभ पौड्यालले सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

सन २०२० जुलाइमा अन्र्तर राष्ट्रिय प्रतिष्पर्धाबाट उक्त पद हासिल गरेका रथि हमालको उत्तराधिकारी संयुक्त राष्ट्रसंघ मिशनले नियुक्त गरिनसकेकोले आफ्नो कार्यभार चिफ अफ मिशन सपोर्ट वनार्ड लि. (बेलायत) लाई निमित्त चिफ अफ मिशन र डिपुटी फोर्स कमान्डर(घाना) विग्रेडिएर जर्नललाई निमित्त फोर्स कमान्डरको जिम्मेवारी जनाइएको छ।

प्रतिक्रिया दिनुहोस