काठमाडाैँ । भक्तपुरको नगरकोट-कमलविनायक सडकको निर्माण शुरू भएको ६ वर्षभन्दा बढी हुँदासमेत सम्पन्न नभएको भन्दै चाँगुनारायण नगरपालिकाका वडाध्यक्षहरूले सडकबाटै कार्यालयको काम थालेका छन् ।
चाँगुनारायण नगरपालिका वडा नं. ७ का अध्यक्ष श्याम नयाजु श्रेष्ठले दबाबमूलक कार्यक्रम स्वरुप सडकबाटै कार्यालयको काम थालेका हुन् । यसअघि वडा नं. ६ का अध्यक्षले पनि सडकबाटै काम थालेका थिए । यो सडकको निर्माणको ठेक्का शैलुङ कन्स्ट्रक्सन कम्पनीले पाएको छ । यसका सञ्चालक शारदा अधिकारी नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् । प्रचण्डको आडमा ठेकेदार अधिकारीले मनोमानी गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।
पटक-पटक विरोध जनाउँदासमेत सडक निर्माण नभएपछि वडाध्यक्षको नेतृत्वमा दबाबमूलक कार्यक्रम गर्नुपरेको स्थानीयले बताएका छन् । उनीहरूले थप आन्दोलनका कार्यक्रमहरू गर्ने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, ११ : २८
लेखकबाट थप